झारफुकको बहानामा तातो पन्यु र त्रिशुल प्रहार गर्ने सुचिता मगरसहित ३ जनाविरुद्ध मुद्दा दायर

दियो पोस्ट  

काठमाडौं । झारफुक गर्ने बहानामा कुटपिट गर्ने तीन जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पुष २ गते काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित जरंखुमा आफूलाई धामी माता बताउने सचिता मगरले रुपा भनिने सविता राईमाथि तातो पन्यु, त्रिशुल र खुकुरीले प्रहार गरि गम्भिर घाइते बनाएकी थिइन् ।

सविता राईका श्रीमान डिकमान राईले हिजो (सोमबार) झारफुकको बहानमा कुटपिटसहित यातना दिने दोषीहरुलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । सचिता मगरसहित पदम बहादुर आलेमगर र सगम राई गरि ३ जनाविरुद्ध हिजो मुद्दा दायर भएको हो ।

राई नेपाल प्रहरीमा कार्यरत छन् । उनका एक छोरी र एक छोरा गरि दुई सन्तान छन् ।

याे पनि 

राजधानीमै अन्धविश्वासको पराकाष्ठा : देउता चढेको भन्दै महिलामाथि तातो पन्यु र त्रिशुल प्रहार !