
काठमाडौं । १५ लाख घुस रकमहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन्।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको हो । वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।
वादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
दुबै जनामाथि अनुसन्धान भइरहेको छ ।