कम्पनी रजिष्ट्रार कार्यालयमा रवि लामिछाने र जिवि राईले किर्ते भौचर पेश गरेको पुष्टि !

Guest
दियोपोस्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार पत्रकार सम्मेलन गरेर आफ्ना विषयमा प्रकाशित समाचारको खण्डन गरे । लामिछानेले ग्यालेक्सी टेलिभिजन छाड्दा उनको खातामा जम्मा भएको १ करोड ८० लाख रुपैयाँको विषयमा स्पष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा आफ्नो बचाउमा निकै समय खर्चिए । कान्तिपुर दैनिकले सार्वजनिक गरेको लामिछानेको खातामा जिवि राईको तर्फबाट जम्मा गरेको भनिएको बैंक भौचरको विषयमा उनले स्पष्टिकरण दिए । उनको स्पष्टिकरणलाई नेपालका प्रख्यात बैंकर अनिल शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्तले समेत साथ दिए । उनको दायाँ तर्फ बसेका अर्थशास्त्री नेता डा. स्वर्णिम वाग्ले लामिछानेको भौचरमा टिप्पणी गर्न भन्दा देशको सहकारी समस्या तर्फ ध्यान खिचेर विषयन्तर गर्न तम्सिए । सहकारी सदस्यको करोडौँ हिनामिनामा मुछिएका लामिछानेलाई सामान्यकरण गर्दै उनले नेताहरुको भ्रष्टाचारमा ध्यान दिन विषयन्तर गरे ।

तर, लामिछानेको पत्रकार सम्मेलन र उनले सार्वजनिक गरेको एउटा पत्रले कम्पनि रजिष्ट्रार कार्यालयमा रवि र जिवि राई मिलेर ठूलो किर्ते काण्ड मच्चाएको पुष्टि भएको छ । २०७९ असार २ गते गितेन्द्र बाबु राईको तर्फबाट ग्लोबल आईएमई बैंकमा रहेको रवि लामिछानेको खातामा जम्मा गरिएको भनिएको १ करोड ८० लाख रुपैयाँको भौचर कान्तिपुर दैनिकमा प्रकाशित छ । सोही भौचरका आधारमा रवि लामिछानेको नाममा रहेको ग्यालेक्सी टेलिभिजनको १५ प्रतिशत सेयर गितेन्द्र बाबु राईको नाममा दाखिल खारेज भएको हो । तर, उक्त भौचरमा उल्लेखित रकम नभएको र सोही व्यहोराको जवाफ ग्लोबल आइएमई बैंकले लामिछानेलाई दिएको पत्र आजको मितिमा सार्वजनिक गरिएको छ । तर, ईन्सफिसेन्ट ब्यालेन्स अर्थात बाउन्स भएको चेक लिएर रवि लामिछाने हालसम्म पनि कुनै पनि कार्यालयमा उजुरी गर्न गएका छैनन् । अर्कोतर्फ कम्पनि रजिष्ट्रार कार्यालयमा रहेको ग्लोबल आईएमई बैंकको स्टेटमेन्टको विषयमा उनले कुनै प्रतिक्रिया दिएका छैनन् । उनले उक्त भौचरमाथि मात्रै टिप्पणी गरेका छन् । यो भौचरका आधारमा बैंकमा पैसा जम्मा नभएको बैंककै पत्रमा उल्लेख छ । अब प्रश्न उठ्छ खातामा पैसा नै नभएको भौचरका आधारमा कम्पनि रजिष्ट्रार कार्यालयले कसरी सेयर दाखिल खारेज गरिदियो । यसको सिधा जवाफ छ–रवि–जिवि र कम्पनि रजिष्ट्रार कार्यालयको कर्मचारीको मिलिभगत ।
किर्ते भौचरको आधारमा सेयर नामसारी गर्नु दुनियावादी फौजदारी कसुर हो । लामिछानेले भने पत्रकार सम्मेलनमा नाटकीय जवाफ दिएका छन् । त्यतिमात्रै होइन त्यतिबेला कसरी कम्पनि रजिष्ट्रार कार्यालयलाई बेवकुफ बनाइयो भन्ने समेत स्पष्ट पारेका छन् । ‘कसैले एउटा मान्छेको खातामा चेक जम्मा गरिदिनु भयो । चेक जम्मा भएपछि चेक लिएको रसिद त दिन्छ । जसको खातामा जम्मा गर्न खोजिएको हो त्यहाँ त गएको हुन्न,’ लामिछानेले भनेका छन्,‘त्यो मान्छेलाई थाहा हुने कुरा पनि रहँदैन । कतिपयले बैंकको खातामा जम्मा भएको पैसाको जानकारी त आउँछ त भन्नु भएको छ । जम्मा भएकै छैन । यो पैसा खातामा जम्मा नभएको जानकारी बैंकले गराएको छ । बैंकमा टेलर भन्छौँ हामी उहाँले चेक जम्मा भएको रसिद त दिनु भयो । त्यो रसिद सायद कम्पनि रजिष्ट्रार कार्यालयमा पुग्यो । त्यतिबेला खातामा पैसा हुँदैन । तर, बैंकको ट्रान्जेक्सनमा देखिने रहेछ ।’

मानौँ की लामिछानेको खातामा अपरिचत व्यक्तिले पैसा हालिदिएका हुन् । उनको अभिव्यक्ति त्यस्तै थियो । तर, त्यो रकम अपरिचित व्यक्तिबाट होइन । उनकै कम्पनिका अध्यक्ष जिवि राईबाट आएको भौचरमा लेखिएको छ । उनी कम्पनिका प्रबन्ध संचालक थिए । सेयर नामसारी गर्दा कम्पनि रजिष्ट्रार कार्यालयमा संचालक समितिको बैठकको निर्णय पेश गरिन्छ । यस विषयमा बुझ्न हामीले कम्पनि रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दिपक प्रकाश पहाडीलाई सम्पर्क गरेका थियौँ ।

‘कम्पनिको संचालक समिति बैठकले निर्णय गर्ने कुरा हो । बेच्नेले बेचेको लिनेले पाएको भनेर घोषणा गरेपछि सेयर दाखिल खारेज हुने हो । अहिलेसम्म रवि लामिछाने जि मैले पैसा पाइन भन्न आउनु भएको छैन । उहाँले उजुरी गरेपछि मात्रै कम्पनि रजिष्ट्रार कार्यालयले हेर्ने कुरा हुन्छ,’ कम्पनि रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दिपक पहाडी भन्छन्,‘उहाँको केसमा नहेरी भन्न सक्दिनँ ।’
लामिछानेले पत्रकार सम्मेलनका क्रममा सार्वजनिक पत्रले नै किर्ते भौचरका आधारमा सेयर किनबेच भएको पुष्टि हुन्छ । जसमा भनिएको छ, –‘उक्त पत्रमा उल्लेखित मिति १७र०६र२०२२ ९विक्रम संवत २०७९ असार २० मा तंहाको यस बैंकमा संचालनमा रहेको खाता नं। ००३०७०१०००५९१३ मा रु।१,८०,००,०००र( को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक भ्ऋऋ मार्फत चेक ऋभिबचष्लन मा पठाउँदा ‘क्ष्लकगााष्अष्भलत द्यबबिलअभ’ को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ।’

बैंकको यो पत्रले कम्पनि रजिष्ट्रार कार्यालयमा लामिछाने र राईबीचको मिलिभगतमा किर्ते भौचर पेश गरि कम्पनि ऐन उलंघन गरिएको पुष्टि भएको छ ।

सम्बन्धित खबर

सिफारिस