कम्पनी रजिष्ट्रार भन्छन्,‘मैले पैसा पाइन भनेर रविजी अहिलेसम्म उजुरी गर्न आउनु भएको छैन’

Guest
दियोपोस्ट

काठमाडौं । कम्पनि रजिष्ट्रार कार्यालयका प्रमुख रजिष्ट्रार दिपक पहाडीले राष्ट्रिय स्वतन्त्र पार्टीले सेयर बेचे बापतको पैसा नपाएको विषयमा हालसम्म सो कार्यालयमा उजुरी नगरेको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनका क्रममा लामिछानेले सेयर विक्री गर्दा रकम नपाएको बताएका थिए । तर, उनले हालसम्म पनि कम्पनिलाई कुनै जानकारी नगराएको बताएका छन् । ‘कम्पनिको सेयर दाखिल खारेज हुँदा कम्पनिको संचालक समितिको निर्णय हुन्छ । आफूले सेयर विक्री गर्दा रकम पाएको तमसुक हुन्छ,’ उनले भने,‘भौचरका आधारमा पनि सेयर ट्रान्सफर नहुने होइन तर, बैंकमा जम्मा भएको स्टेटमेन्टलाई अनिवार्य मानिएको छ ।’

लामिछानेले ग्लोबल आईएमई बैंकको पत्र सार्वजनिक गर्दै ग्यालेक्सी टेलिभिजनको सेयर विक्री गर्दा गितेन्द्र बाबु राईको नामबाट लामिछानेको नाममा जम्मा भएको भनिएको भौचरमा उल्लेखित खातामा भने रकम जम्मा नभएको बताएका थिए । उनकै पत्र अनुसार कम्पनि रजिष्ट्रार कार्यालयमा पेश भएको भौचरमाथि प्रश्न उठेको छ ।

सम्बन्धित खबर

सिफारिस