महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्युबरलाई अनुसन्धान गर्न पाँच दिनको म्याद थप

खुमा वली  

काठमाडौं । विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोविरुद्ध पाँच दिन म्याद थप भएको छ।

केन्द्रीय साइबर ब्यूरोको टोलीद्वारा पक्राउ परेका उनलाई आज जिल्ला अदालत काठमाडौंमा पेस गरिएको थियो। अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न पाँच दिनको म्याद अनुमति दिएको हो।

यसअघि पक्राउ परेर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा १ लाख धरौटीमा रिहा भएका मनोज मानव पुनः पक्राउ परेका हुन्।

उनलाई महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। उनले एक महिलाको गोप्य अडियो, भिडियोसमेत लिएर चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित भनिएको ती महिलाले जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको हो। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

सिफारिस