
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित दोरिङ भिरमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । बुधबार बिहान् ११ बजेतिर दोरिङ किउलबाट मेलारुम्बा हुँदै गुम्बा जान लागेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुजर जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि दुई भुटानी नागरिकको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
जीप चालकसहित सवार ५ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले दियो पोष्टलाई बताए।
भट्टराईकाअनुसार मृत्यु हुनेमा भुटानी नागरिक बर्ष ३३ का अब्गे र बर्ष ७१ बर्षकी वाङमो रहेका छन् । घाइते हुनेमा हेलम्बु गाउँपालिका २ का ४२ बर्षिय चालक रामचन्द्र भण्डारी , भुटानी नागरिक ७४ वर्षका हाइज , ४२ बर्षिया पुमा छिरिङ,र बर्ष ६५ कि गुची रहेका छन । घाइतेहरुको उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । घाइतेको उउपचारको लागि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले समेत समन्वय गरेका छन।
भुटानी नागरिक हेलम्बुका विभिन्न गुम्बा लगायत मठमन्दिरको भ्रमण गर्न आएको बुझिएको छ ।