यू-१९ विश्वकप : नेपालले बंगलादेशलाई दियो १७० रनको लक्ष्य

दियो पोस्ट  

काठमाडौं । आइसिसी यू-१९ विश्कप क्रिकेटमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ।

बुधबार दक्षिण अफ्रिकाको मंगउङ्ग ओभलमा भएको सुपर सिक्स अन्तर्गतको खेलमा नेपालले बंगलादेशविरूद्ध ४९.५ ओभर खेल्दै  सबै विकेट गुमाएर १६९ रन बनाएको हो।

नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए। उनले १०० बलमा ६ चौका प्रहार गरे।

कप्तान देव खनालले ६० बलमा ३ चौकाको मद्धतले ३५ रनको योगदान गरे।

सुवास भण्डारीले १८ र विपिन रावलले १४ रन जोड्दा अन्य ब्याटर सस्तोमै आउट हुनपुगे।

बंगलादेशका रोहनत दउल्लाह बोरसोनले सर्वाधिक चार विकेट लिए। शेख पभेज जिबोनले तीन विकेट लिँदा इकबाल हुशेन इमोन, मरूफ मृधा र जिसन आलमले १/१ विकेट लिए।

 सुपर सिक्स अन्तर्गत नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्याण्ड र आयरल्याण्ड छन्। समूहको शीर्ष २ टिम सेमिफाइनल पुग्नेछन्।

नेपालले सुपर सिक्समा अझै एक खेल खेल्न बाँकी भएपनि सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।