काठमाडौँ, माघ ८ । नेपाल सरकारका एकजना सहसचिवले आफु घुस नखाने कर्मचारी भएको कारणले मन्त्रालयले आफुलाई कुनैपनि जिम्मेवारी नदिएको भनी कार्यसम्पादन मुल्यांकन फारम भरेका छन् । खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले आफ्नो का.स.मु फारममा उक्त कुरा उल्लेख गरेको छन् ।
विगत ६ महिनादेखि खानेपानी मन्त्रालयमा रहेका राजनराज पाण्डे नेपाल सरकारको स्यानेटरी उपसमुहको १७ जनामध्य सबैभन्दा सिनियर कर्मचारी हुन् । त्यति सिनियर कर्मचारी भएर पनि ६ महिनादेखि कुनैपनि जिम्मेवारी नपाएका उनले भरेको कासमु फारम आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।
कार्यप्रगती र विवरण भर्ने ठाउँमा सहसचिव पाण्डेले लेखेका छन् , माननीय मन्त्रीज्यु र श्रीमान सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनैपनि कामको जिम्मेवारी नदिएको हुँदा कुनैपनि काम गर्न नपाएको’ भनि उल्लेख गरेका छन् ।
पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर भएका थिए । त्यसअघि उनी सुदूरपश्चिम प्रदेशमा थिए । साउनदेखि पुषमहिनासम्मको अर्धबार्षिक कासमु फारममा उनले खानेपानी मन्त्री र सचिव गजेन्द्र ठाकुरले आफु घुस नखाने कर्मचारी भएकै कारण जिम्मेवारी बाट पन्छाइएको आरोप लगाएका छन् ।