चीनमा कोरोना भाइरसले लियो महामारीको रुप, मर्नेको संख्या १७ पुग्यो

चीनमा कोरोना भाइरसले लियो महामारीको रुप, मर्नेको संख्या १७ पुग्यो

एजेन्सी
कारोना–भाइरसको संक्रमण उद्गम भएको चिनियाँ उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि बन्द गरिएको छ । १ करोडभन्दा बढी जनसंख्या भएको उक्त सहर अहिले उराठ बनेको छ ।

चिनियाँ अधिकारीले बिहिबारबाट लागु हुने गरी उहान आउजाउ गर्ने सम्पूर्ण हवाई उडान, यात्रुवाहक रेलसेवा बन्द हुने बताएका छन् । त्यस्तै सार्वजनिक बस सेवा, फेरी सेवामा पनि प्रतिबन्ध लागु हुनेछ ।

यी कदम महामारी विस्तार हुनबाट रोक्न उठाइएको भाइरस नियन्त्रण गर्न उहानमा गठन भएको विशेष केन्द्रले बतायो । यस अघिनै उहानका सर्वसारधणलाई समूहमा भेला नहुन र सार्वजनिक कार्यक्रमम सकेसम्म कम गर्न सुझाव दिइएको थियो ।

सहरवासीलाई पनि सहर नछाड्न सल्लाह दिइएको छ । यो हप्ता चीनमा नयाँ वर्षको उत्सव सुरु हुन लागेको छ, यस क्रममा करोडौं चिनियाँ बिदा मनाउन घरतर्फ यात्रा गर्छन् ।
अघिल्लो वर्षको लुनार नयाँ वर्षमा सात लाख मानिस जम्मा भेला भएको उहानको गुइयान मन्दिरको कार्यक्रम यो वर्ष रद्द गरिएको छ ।

स्वासप्रश्वासलाई प्रभावित बनाउने यो रोग चीनको अन्य भागमा पनि फैलिएको छ ।
चीनबाट बाहिर थाइल्याण्ड, दक्षिण कोरिया, जापान र पछिल्लो समय अमेरिकामा पनि भाईरसबाट संक्रमित भेटिए पछि विश्वभर प्रकोपले महामारीको रुप लेला भन्ने चिन्ता बढेको छ ।

हालसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाको पुष्टि भएका विरामीको संख्या ५०० पुगिसकेका छ र १७ को मृत्यु भइसकेको छ । उहानबाट सुरु भएको प्रकोपको लागि जिम्मेबार भाइरसलाई २०१९–एनसीओभी नाम दिइएको छ । तथापि २००२ तिर विश्वभर झण्डै ७५० को ज्यान लिएको सार्स पनि कोरोनाभाइरसले लगाएको थियो ।

हुनत हामीलाई लाग्ने सामान्य रुघा खोकीका लागि पनि कोरोनाभाइरसकै एक प्रकार जिम्मेबार हुन्छ । मर्नेमध्य सबै उहान सहर रहेको हुवेई प्रान्तका मानिस छन् । बुधबार कोरोनाभाइरसको प्रकोपलाई अन्तराष्ट्रिय स्वास्थ संकटकाल घोषणा गर्ने, नगर्ने विषयमा जेनेभामा विश्वा स्वास्थ संगठनको वैठक बसेको थियो ।

एक दिने उक्त वैठकले अहिले नै भाइरसको प्रकोपलाई ‘विश्वव्यापी संकटकाल’ घोषणा गर्नुपर्ने स्थिति नरहेको निर्णय ग¥यो । तथापि स्वास्थ विज्ञको वैठक पुन बिहिबार पनि बोलाइएको छ ।
विश्वव्यापी संकटकाल विश्व स्वास्थ संगठनले घोषणा गर्न सक्ने सबैभन्दा ठूलो स्तरको सतर्कता हो ।

विगतमा स्वाईन फ्लू, जिका भाइरस र इबोलाको प्रकोपको समयमा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो । उहान सहरमा उठाइएको कदमलाई विश्वस्वास्थ संगठनले स्वागत गरेको छ ।

Trending News