
काठमाडौं, १६ पुस । गोरखापत्र संस्थानमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको पाइएको छ । गोरखापत्र भित्र चरम भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि सतर्कता केन्द्रले बुधबार छापा मारेको हो । प्रहरीसहित आएका केन्द्रका कर्मचारीले महत्वपूर्ण डकुमेन्ट रहेको कम्प्युटर र कागजात समेत जफत गरेको स्रोतले जनाएको छ ।
गत पुस ९ गते राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । गोरखापत्र संस्थाका कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीको नेतृत्वमा चरम भ्रष्टाचार भएको भन्दै केन्द्रमा उजुरी परेको थियो । सोही उजुरीको छानबीनका लागि सतर्कता केन्द्रले सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।
सतर्कता केन्द्रमा परेको उजुरीको कपि दियोपोस्टले समेत फेला पारेको छ ।
उजुरीमा गोरखापत्र संस्थान भित्र भ्रष्टाचारको २४ बुँदे फेहरिस्त नै प्रस्तुत गरिएको छ । उजुरी अनुसार गोरखापत्रमा बिना टेण्डर केन्द्रीय कार्यालय काठमाडौंका लागि ५४ वटा सिसि क्यामेरा खरिद गरिएको छ । त्यस्तै २२ वटा सिसि क्यामेरा प्रदेश स्तरिय प्रशासन कार्यालय विराटनगरका लागि खरिद गरिएको र उक्त खरिद कार्यमा कार्यकारी अध्यक्ष कृष्ण मुरारी भण्डारीका भाञ्जालाई छुट्टा छुट्टै कोटेशन मार्फत जडान गर्न दिएको उजुरीमा उल्लेख छ ।
त्यस्तै अध्यक्ष भण्डारीकै मिलेमतोमा आर्थिक वर्ष ०७५/७६ मा ब्राण्डेड कम्प्युटर खरिदको नाममा विना टेण्डर र कोटेशनमा छुट्टा छुट्टै माग फारम भरी २५ थान कम्प्युटरलाई ३२ लाख खर्च गरेर खरिद गरिएको उजुरीमा बताइएको छ ।
त्यस्तै उजुरी अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४२ वटा कम्प्युटर ब्राण्डेड भनेर कमशल खरिद गरिएको छ । लकडाउनको मौका पारी ल्याएको उक्त कम्प्युटरको वास्तविक हिसाब किताव नरहेो, कुन कम्प्युटर कहाँ रहेको भन्ने समेत यकिन तथ्यांक नरहेको र ४२ थान कम्प्युटर मध्य अधिकांश कम्प्युटर काम नलाग्ने गरी बिग्रेको खुलेको छ ।
उजुरी अनुसार नेपाल सरकारको अनुदानमा २०६६ असोज १ गतेदेखि प्रकाशन भएको गोरखापत्र भाषा पृष्ठ नया प्रकाशनको समिक्षाको नाममा आफू अनुकुल केही कर्मचारी भाषा विज्ञलाई लिएर काभ्रेको बल्थली रिसोर्टमा एक रात आवशीय कार्यक्रम सहित रक्सी समेतको भोज गरी २ दुई लाख रुपैयाँ गरि ६ लाख रुपैयाँ फजुल खर्च गरेको उजुरीमा आरोप छ ।
त्यस्तै पूर्वमाओवादी युनियनका उपाध्यक्ष र विज्ञ सल्लाहाकार टिकाराम राईको पिए अर्जुन तामाङकी श्रीमती जमुना तामाङलाई कनिष्ठ बुक बाडिण्डङमा जागिर लगाएको अरोप छ । कार्यकारी अध्यक्ष भण्डारीले भने बुहारी नाता पर्ने गिता सापकोटालाई हेल्पर पदमा भर्ति गरेको आरोप छ ।
कार्यकारी अध्यक्ष सहित गोरखापत्रका पदाधिकारीमाथि भ्रष्टाचारको आरोपको फेहरिस्त यस्तो छ –




