काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहाल समावेशी कोटामा केन्द्रीय सदस्य बनेका छन् । उनलाई अध्यक्ष दाहालले खस आर्य कोटामा केन्द्रीय सदस्य नियुक्त गरेका हुन् । अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यहरुको नामावली वाचन गरेका थिए ।
उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमै दहालका भाई नारायण को नाम छ । नारायण हाल वागमती प्रदेशका इन्चार्ज थिए । यसअघि वागमती प्रदेशको सबै जसो नियुक्ती तथा सरकारमा उनको हस्तक्षेप हुँदै आएको थियो । समानुपातिक सुचीमा यसअघि गृहमन्त्री राम बहादुर थापा बादलका स्वकिय सचिव रहेका सुर्य सुवेदी, प्रचण्डका पूर्व स्वकिय सचिव जोख बहादुर महरा समेत परेका छन् ।
त्यस्तै धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधि
कारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले पनि आरक्षणबाटै केन्द्रीय सदस्य बनेका छन् ।