निक्षेप तथा कर्जा सुरक्षण कोषमा ‘पन्त ब्रदर्श’को ‘आतंक’ : लाखौँको सामान गायब, अख्तियार मौन !

- दियोपोस्ट  

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्न भन्दै १७ बुँदे निर्देशिका जारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले खर्च कटौतीलाई कडाई गर्न आफ्नै आवासमा समेत अनावश्यक खर्च नगर्न निर्देशन मात्रै थिएका छैनन् । कुनै पनि सोफा र कार्पेट नफेर्न कर्मचारीलाई ठाडो निर्देशन दिएका छन् । तर, निक्षेप तथा कर्जा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले भने उक्त कोषलाई बत्ति मुनिको अध्यारो बनाएका छन् ।
अर्थमन्त्रालय र अख्तियारको बीचमा रहेको कोषमा निर्देशिकाको धज्जी उडाएर आर्थिक अपराधको सिमा नाघेको उच्च स्रोतले दियोपोस्टलाई बताएको छ ।

कोषमा अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलानामा यस आर्थिक वर्षको ६ महिनामा प्रशासनीक खर्च ६० प्रतिशतले बढेको नाम नबताउने शर्तमा कोषका कर्मचारी बताउँछन् । त्यतिमात्रै होइन यसै आर्थिक वर्षमा १० जना भन्दा बढीले सरकारी खर्चमा विदेश भ्रमण गरेर मोजमस्ती गरेका छन् । यो खर्च नै ५० लाख रुपैयाँ भन्दा बढी रहेको कोषका अधिकारीहरु बताउँछन् ।

विगत दुई वर्षदेखि प्रकाशित गरिदै आएको त्रैमासिक वित्तिय विवरण खर्च रकम बढेकै कारण प्रकाशित गरिएको छैन । ‘पन्त ब्रदर्श समुह’ले लेखा प्रशासन समालेपछि यो विकृति बढ्दै गएको स्रोतले बताएको छ ।
विकृतिको सिमा नाघिसक्दा समेत आन्तरिक लेखापरिक्षणको ध्यान गएको छैन । लेखा परिक्षण समिति समेत रमिते बनेर बसेको छ । कोषको प्रशासकीय नेतृत्वमा अच्युत पन्त र लेखा विभागमा विनोद पन्त आएपछि आएपछि अनियमितता मौलाएको छ । उनीहरुलाई कोष भित्र ‘पन्त ब्रदर्श’को संज्ञा दिने गरिएको छ । उनीहरुले लेखा र प्रशासन सम्हालेपछि स्टोरमा लाखौँको सामान हिनामिना भएको विषयले अहिले हंगामा भएको छ । ती कर्मचारीको भनाई अनुसार विल मात्र आएर सामान नआएको आशंका छ । यस्तो अपराध हुँदा पनि कोषको उच्च व्यवस्थापन र लेखा परीक्षण समिति मौन छ । आफ्नो दुष्कार्य वाहिर जान्छ भनेर ‘पन्त ब्रदर्श’हरुले प्रशासनमा असल मानिस नचाहेको स्रोतको दाबी छ । अख्तियारले तत्काल छापा मार्दा सबै अनियमितताको फेहरिस्त छानबीनको घेरामा पर्ने कोषकै कर्मचारीहरु बताउँछन् । कोषबाट बर्षेनी करोडौं खर्च गरेर विदेशका कर्जा सुरक्षण संस्थामा अध्ययन भ्रमण गरिन्छ । तर त्यसको उपलब्धी सुन्य रहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । कोषबाट विदेश जाने भनेको जापान, कोरिया, यूरोप, अमेरिकाको लागि भिषा आफ्नो पासपोर्टमा लगाउने उद्देश्य उच्च व्यवस्थापनले लिएको छ भनेर त्यहाँका कर्मचारी बताउँछन् । अर्थ मन्त्रालयले यस्तो अनैतिक कार्य कहिले रोक्ने ? स्मरण रहोस, कोषमा यसै हप्ता दुई जना कर्मचारीको जन्मोत्सव मनाइएको छ । कोषमा कर्मचारीको जन्मोत्सव मनाउने गरिएको व्यहोरा कोषबाट २०७९ आश्विन ४ गते प्रकाशित वार्षिक प्रकाशनमा उल्लेख गरिएको छ ।

कोषमा पन्तको कारण ठूलो नोक्सानी

निक्षेप तथा कर्जा सुरक्षण कोषमा तत्कालि आन्तरिक लेखा परीक्षण विभागका विभागीय प्रमुखको कारण ठूलो नोक्सानी भएको छ । उनले आर्थिक फाइदा तर्फ मात्र ध्यान दिएर आन्तरिक लेखा परीक्षण गर्दा कर्जा सुरक्षण विभागमा आर्थिक वर्ष २०७८÷०७९ मा प्राप्त करिव ३८ करोड क्षति दावि मध्ये करिव २० करोड दावि मात्र भुक्तानी हुन सकेको व्यहोरा कोषकै कर्मचारी सुनाउँछन् । बाँकी करिव १८ करोड भुक्तानी हुन सकेको छैन । जसको कारण कोषले करिव ६ करोड नोक्सानी व्यहोरेको छ भने बैंक तथा वित्तिय संस्थाको नजरमा कोषलाई क्षेतिपूर्ति भुक्तानी नदिने संस्थाको रुपमा हेर्ने गरिएको छ ।

कर्जा सुरक्षण नियमावली २०७५ को नियम ४३ मा ३० दिन भित्र कोषमा प्राप्त कर्जा सुरक्षणको दावी रकम भुक्तानी गर्नु पर्ने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि समयमा दावी भुक्तानी नभएको अन्तरिक लेखा परीक्षण विभाग, लेखा परीक्षण समिति र वाह्य लेखा परीक्षकले औल्याउनु पर्नेमा सो हुन नसक्दा कोषले करिव ६ करोड भन्दा बढी कर तिरेको छ । यो रकम कोषको नोक्सानीमा जान्छ । किन की सो दावी रकम आर्थिक वर्ष ०७८/०७९ मा तिर्नु पर्ने हुन्छ । यसरी हुँदै नभएका नाफा देखाएर थप बढी कर तिर्ने अवस्था आउनु कोषको आन्तरिक लेखा परीक्षण विभागको ठूलो गल्ती भएको लेखा क्षेत्रकै विज्ञको भनाई छ । यस्तो नोक्सानी आन्तरीक लेखा परीक्षण विभागका विभागीय प्रमुखबाट असुल उपर गर्नु पर्ने हुन्छ भनेर त्यहाँका कर्मचारी बताउँछन् ।

 

सिफारिस