पूर्वराजपरिवारलाई साक्षी राखेर दुर्गा प्रसाईंले सुरू गरे ‘महाअभियान’

दियो पोस्ट  

काठमाडौं । पूर्वराजपरिवारका सदस्यहरूलाई अघि सारेर व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।
प्रसाईं नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य समेत हुन् ।

अभियानमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतलाई निम्ता दिएका थिए। झापामै रहेका एमाले अध्यक्ष ओली उक्त कार्यक्रममा सहभागी भएनन्। उनी आदिवासी जनजाती सांस्कृतिक महोत्सवको उद्घाटन गरेर भद्रपुर विमानस्थल हुँदै काठमाडौं फर्किएका छन्।

अभियान मेचीदेखि महाकालीसम्म हुने जनाइएको छ। काँकडभित्तमा प्रसाईंको उक्त अभियान कार्यक्रम हेर्न मानिसहरू पुगेका थिए।