काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सिन्धुलीको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’को रिभल्बर पेस्तोलसहित तस्विर भेटिएको छ । उनले उक्त पेस्तोल देखाएर केही व्यावसायीलाई धम्काउने गरेको आरोप समेत उनीमाथि छ । हाल सिन्धुली जिल्ला पार्टीको सहसंयोजक समेत रहेका पुकार नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई जन्मदिनको शुभकामना दिन पुग्ने गरेको समेत तस्विरमा देख् सकिन्छ ।

सिन्धुलीका नेता राजन दाहालसँग अति निकट रहेका पुकारले हतियारसहितको तस्विरबारे प्रश्न गर्दा शुरुमा उनले एआईबाट बनाएको हुन सक्ने बताए । दियोपोस्टले तस्विरबारे एआईलाई प्रश्न गर्दा आफ्नो तस्विर नभएको भनि ईंकार गरेको बताएपछि पुरानो युद्धकालको तस्विर भन्दै उनले विषयन्तर गरे । युद्धकालमा कहाँबाट यस्तो मोबाइल पाउनु भयो नी माओवादीहरु शान्ति प्रक्रियामा आउनुअघि यस्तो मोबाइल फोन थियो र भनि प्रति प्रश्न गरेपछि उनले तस्विर चाहीँ सक्कली हो तर, पेस्तोल सक्कली नभएको जवाफ दिए ।