नयाँ बसपार्क क्षेत्र तनावग्रस्त : ल्होत्सेको पक्षमा लागेको भन्दै मजदुरले पल्टाए प्रहरीको भ्यान

- दियोपोस्ट  

काठमाडौं । ल्होत्से बहुउद्देश्यीय प्रा.लीका ज्यादतीका कारण नयाँ बसपार्क क्षेत्रमा मजदुर आक्रोशित बनेका छन् । ल्होत्से बहुउद्देश्यीय प्रा.लीका मालिक दिपक कुँवरको पक्षमा लागेको भन्दै मजदुरहरुले प्रहरीको भ्यान समेत पल्टाएका छन् । आक्रोशित मजदुरले प्रहरीको भ्यान पल्टाएर तोडफोड गरेका हुन् ।
आज विहान मजदुर संगठनहरुले आयोजना गरेको कार्यक्रममा मजदुरमाथि निर्घात कुटपीट भएको थियो । त्यतिबेला प्रहरी मुकदर्शक बनेको भन्दै मजदुर संगठननले आन्दोलन गरेका थिए ।
यतिबेला बसपार्क क्षेत्र तनावग्रस्त बनेको छ । मजदुरहरुले बा १ झ १४४ नम्बरको प्रहरी भ्यान पल्टाएका छन् ।