एकता बुद्ध सहकारीको ‘बदमासी’ले मारमा बचतकर्ता , सञ्चालकको घरघरमा धर्ना !

दियो पोस्ट  

काठमाडौं । एकता बुद्ध सहकारीबाट ठगिएका पीडितहरुले व्यवस्थापकहरुको घरघरमा पुगेर धर्ना दिन थालेका छन् । बुढानिलकण्ठ नगरपालिका ९ एकताबस्तीमा रहेको सो सहकारीबाट ठगिएका पीडितहरुले व्यवस्थापकहरुको घरघर पुगेर धर्ना दिएका हुन् ।

एकता बुद्ध सहकारी सस्थामा उपध्यक्ष प्रमोद कुमार न्यौपाने ,सचिव सोमलाल श्रेष्ठ,कोषाध्यक्ष राम कुमार श्रेष्ठ ,सदस्य वीर बहादुर तामाङ ,होमनाथ तिमिल्सिना ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन् ।

प्रारम्भिक छलफलमा सहकारी संस्थाको आर्थिक हिनामिनामा कार्यकारी अध्यक्ष भानु शर्मा र कार्यालय व्यवस्थापक शम्भु कार्कीको संलग्नता रहेको पीडित पक्षले बताएका छन् । सहकारी संस्थापक बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परेका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले सम्पति बेचेर भएपनि ऋण तिर्न सहकारीका सञ्चालकलाई निर्देशन दिएको छ । महासंघले सहकारीबाट सञ्चालकले लिएको ऋणलाई पहिलो प्राथमिकतामा राखेर उठाउन सहकारीहरुलाई निर्देशन दिएको छ ।

याे पनि:

एकता सहकारीको ‘ब्रह्मलुट’ : आर्थिक हिनामिना र अन्तरिक किचलोले मारमा बचतकर्ता !