प्रहरी अनुसन्धानमा तानिए सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पालका वडाअध्यक्ष निमा छिरिङ !

- निरोज चौलागाईं  

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष निमा छिरिङ तामाङ प्रहरीको अनुसन्धानमा तानिएका छन् । उनीमाथि छानबीन गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले प्रहरीलाई पत्राचार गरेको छ ।
नक्कली बाबू बनाई नागरिकता सिफारिस गरेको आरोपपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छानबिन गर्न पत्राचार गरेको हो ।
प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई पत्र पठाउदै छानबिन गर्न भनेको छ । । पाँचपोखरी थाङ्पाल गाउपालिका वडा नम्बर ३ कि नेहा तामाङको नगरिकता सिफारिसमा नक्कली बाबू नीर बहादुर तामाङ आमा नोर्की तामाङ नाम राख्दै सिफारिस गरेपछि वडा अध्यक्ष माथि छानबिन थालिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । नेहाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २०७९÷०६÷१२ गते जारी गरिएको २४–०१–७९–०४९९२ नम्बर नागरिकता लिएकी हुन् । उनको नागरिकता सिफारिस गर्दा बुवा आमा नै नक्कली भएको उजुरी परेसगै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई छानबिन गर्न पत्र पठाएको हो । बिहीबार वडाध्यक्ष निमा छिरिङ तामाङ र पाँचपोखरी थाङ्पाल गाउपाकिका अध्यक्ष टासी शेर्पाले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई भेट गरि छानबिन गर्न वडा अध्यक्ष तामाङले निवेदन दिएका छन् ।

नागरिकता सिफारिस गर्दा सबै प्रक्रिया पूरा गरेको र बाबू आमा नै नक्कली भएको स्विकार्दै गर्दै आएका अध्यक्षले सो घटनामा शंका लागेको भन्दै आफ्नै सिफारिस माथी छानबिन गर्न भन्दै निवेदन दिएका हुन् । सिफारिसमा वडा अध्यक्षको मिलोमतो देखिएपछि अहिले आफैमाथि छानबिन गर्न अबस्था आएको छ । नागरिकतासँगै जन्मदर्तामा समेत बाउ आम नक्कली छन, उनको जन्मदर्ता २०७४ पछि बनाइएको छ । नेहाको बाबू को हो भन्ने अहिलेसम्म खुल्न आएको छैन । तर नेहाले आफ्नो बाउ आमा नीर बहादुर र नोर्की हो भन्दै नागरिकता लिएकी छन् । उनी अहिले सम्पर्कमा आएकी छैनन् । नेहाको जन्म भारतमा भएको भन्दै कागजात पेश गरिएको छ । नागरिकता सिफारिस गर्दा वडाध्यक्षले समाजमा एउटा मुचुल्का उठाएका छन् त्यसमा नेपाल प्रहरीको समेत उपस्थित रहेको बुझिन आएको छ । नेहाको जन्म कहाँ भएको भन्ने समेत पुष्टि भएको छैन ।