काठमाडौं । घर बनाइदिन अफ्रिकाबाट बजेट आएको आश्वासन देखाएर लाखौँ ठगीका आरोप लागेका दिपक चेपाङ्गको समुहले पीडित महिलालाई धम्की दिने गरेको खुलेको छ । उनले आफूले प्रहरी प्रशासन सबै आफ्ना मान्छे भएको र केहीलाई किनिसकेको भन्दै पीडित पार्वती प्रजालाई दिनदिनै धम्की दिदै आएका छन् । धादिङको थाँक्रे गाउँपालिका घर भएकी पार्वती प्रजालाई गत असोजमा जोन भनिने दिपक प्रजाले इसाई धर्म मान्ने नौं घर परिवारका लागि नयाँ घर निर्माण गर्न भन्दै उल्टै लाखौं रकम ठगी गरेका थिए । उनको रकम ठगी गरेर सम्पर्कविहीन भएका दिपक प्रजा लगायतका व्यक्तिले अहिले बारम्बार धम्की दिदै आएको पार्वतीले जानकारी दिइन् । उनले भनिन्, “दिपक प्रजाले मलाई फोन गर्दै धम्की दिदै आएको छ । तँइले जहाँ गएर मुद्दा हाले पनि मलाई कसैले केही गर्न सक्दैन । मैले सबै प्रहरी प्रशासन सबै किनेको छु । जिल्ला प्रहरी कार्यालय मकवानपुर त झन् मैले ३० लाखमा किनिसकेको छु । प्रहरी प्रशासन सबै मेरो मान्छे हो । तलाई उल्टै मुद्दा लगाएर फसाउँछु । ठूलो कुरा नगर भनेर फोन गरेको थियो ।”
जिल्ला प्रहरी कार्यालय धादिङ्गमा दिपक प्रजा, राजु प्रजा र चन्द्रलाल प्रजाविरुद्ध ठगीको कसुरमा मुद्दा दायर गरेकी छन् । आफूले उनीहरुविरुद्ध मुद्दा दिएको थाहा पाएर नै उनीहरुले आफूलाई कहिले पनि भेट्न नसक्ने भन्दै धम्की दिएको उनको भनाई छ ।
प्रजाले चेपाङ समुदायका घर निर्माणका लागि अफ्रिका बजेट आएको भन्दै सूचना दिदै त्यसको जिम्मेवारी पार्वतीले लिनु पर्ने भन्दै प्रजाले उनलाई सदस्य बन्न आग्रह गरे । सदस्य बन्नका निम्ति पटक पटक गरेर ५ लाख जम्मा गर्नु पर्ने दिपकको सर्त थियो । उनलाई विश्वास लागेन उनले यत्रो ५ लाख रुपैयाँ भए त हामी आफै घर बनाइहाल्थ्यौं नी भन्दै प्रश्न गरिन् । दिपकले बजेटमा ९ घर निर्माणका लागि ४५ लाख आउने र त्यसको जिम्मेवारी तिमीले लिएपछि तिमीलाई छुट्टै ५० हजार आउने भन्दै पार्वतीलाई प्रलोभन देखाए । त्यसपछि उनले पटक पटक गरेर १० प्रतिशत ब्याजमा ५ लाख ४२ हजार रकम ऋण गरेर बुझाएकी हुन् । प्रलोभन देखाएर ठगी गर्ने दिपक प्रजा, राजु प्रजा र चन्द्रलाललगायतका व्यक्ति सम्र्कविहीन भएपछि पार्वतीले उनीहरुविरुद्ध मुद्दा दिइन् । तर अहिले विभिन्न खालका धाक धम्की दिदै आएका छन् ।
यसअघि पनि दिपक प्रजाले कानुनको फन्दामा परेपनि तपाईको पैसा त उठ्ने होइन । तपाई कानुनी रुपमा गएपनि तपाईले त्यहाँबाट पैसा आउने होइनभन्दै फोन गरेका थिए ।
“मलाई यसअघि पनि तपाई कुन कुन ठाउँ जानुभएको छ के के गर्दै हुनुहुन्छ त्यो सबै मलाई जानकारी आइरहेको छ भन्दै यिनीहरुले धम्की दिएका थिए ।” उनले भनिन्, “तपाईको नाम के हो तपाई को हो ? तपाईले यसरी बारम्बार किन थर्काउनु हुन्छ ? भनेर सोधे तर त्यतिबेला म दिपको मान्छे हो भनेर भने तर त्यो मान्छे दिपक नै हो । तपार्इंलाई पैसा चाइएको हो कि होइन ? तिमीले हामीसँग ठूलो कुरा गर्ने भनेर थर्काराछन् । ”
पार्वतीले दिपक प्रजाको आश्वासनमा राजु प्रजा र चन्द्रलालको खातामा उक्त रकम जम्मा गरेकी थिइन् । अहिले दिपकले नै आफ्नो नाममा रकम नै जम्मा नभएको भन्दै कानुनले पनि प्रमाण खोज्ने भएका कारण कानुनी प्रक्रियामा गएपनि केही नहुने दाबी गरेको उनी बताउछिन् ।
“दिपकको नाममा त पैसा हालेको प्रमाण नै छैन नि भोलि कानुनले प्रमाण खोज्छ । उनले दियोपोष्टसँग भनिन्, “त्यसैले तिमी कानुनी प्रक्रियामा गएपनि केही हुने वाला छैनभन्दै पहिले पनि भन्दै आएका थियो दिपकले । मैले ऋण खोजेर ती ठगहरुलाई पैसा दिए । परमेश्वरको सन्तानहरुले मलाई यसरी ढाँड्दैन होला झुक्याउदैन होला भनेर उनीहरुलाई विश्वास गरे ।”
यो पनि
चेपाङ बस्ती बनाउने प्रोजेक्ट देखाएर लाखौँ ठगी : पीडित भन्छिन्– ‘प्रशासनले न्याय दिएन’