वसन्त श्रवण बसन्तपुर दरबार स्क्वायर

दियो पोस्ट डेस्क  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी अवसरमा हनुमानढोका दरबारस्थित नासलचोक पुगेर परम्परानुसार वसन्त श्रवण गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण पनि गरेका हुन् । राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

सिफारिस