काठमाडौं । नेपाल विद्यार्थी संघले आरती शाहको न्यायका लागि त्रि-चन्द्र कलेज इकार्लले प्रदर्शनी गरेको छ । त्रिचन्द्र कलेजबाट सुरु हुने प्रदर्शनमा आरती शाहको परिवार सहित कलेजका विद्याथीपनि सहभागि भएका छन् ।
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि आरती साहका परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएका थिए । त्यहाँबाट पनि हटाइएपछि र्यालीसहित प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले दोषीलाई कारबाही गर पीडितलाई न्याय दे नजर अन्दाज चल्दैन, एसपी विश्वराज खड्कालाई सजाय दे, न्यायमाथि अन्यायको जीत हुन नदेऊ सरकार जस्ता पयाम्प्लेट बाँकी प्रदर्शन गर्दै छन् । दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरतीको माइतीपक्षका परिवारले दावी गर्दै आएका छन् ।