राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

दियोपोस्ट संवाददाता

राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष पवित्रा सुनारलाई प्रदान गरिएको छ । नागरिक दैनीकमा कार्यरत स्वास्थ्य पत्रकार सुनारले चौथो संस्करण अन्तरगत पुरस्कार प्राप्त गरेकी हुन् ।

राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट हरेक वर्ष प्रदान गरिने २० हजार रुपैयाँ राशिको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष परेका आवेदकमध्येबाट सुनार छनौटमा परेकी हुन् । बुधबार नवलपरासी पूर्वको कावासोती नगरपालिका दुईस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरिएको हो ।

पुरस्कृत सुनार विगत २० वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रमा कलम चलाउदैँ आएकी छन् । क्रियाशिल दलित पत्रकार संघ नेपालका अध्यक्षसमेत रहेकी सुनार महिला पत्रकारको संस्था सञ्चारिका समूहकी उपाध्यक्षसमेत रहेकी छन् ।

२०४८ सालमा जन्मिएकी स्वर्गीय पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरका कारणले निधन भएको थियो । उनी एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी थिइन् ।

सम्बन्धित खबर

सिफारिस