नागार्जुन कन्स्ट्रक्सनका सञ्चालकले मलाई आत्महत्या गर्ने अवस्थामा पुर्याए : पीडित अच्युत सापकोटा (भिडियो बयान)

कमल विश्वकर्मा  

काठमाडौँ । नागार्जुन कन्स्ट्रक्सनका सञ्चालक गोकर्ण प्रसाद पण्डितले दोस्रो पक्षका निर्माण व्यवसायी अच्यूत सापकोटालाई काम लगाएर ३ करोड भन्दा बढी रकम भुक्तानी नदिएको आरोप लागेको छ ।
नुवाकोट र धादिङ जोड्ने कोल्पुखोला पुलको काम सञ्चालन भएको अवधिसम्मको बिलअनुसार ३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नागर्जुन कन्सट्रक्सन नदिएको सापकोटाले बताए ।

नागर्जुन कन्सट्रक्सन र अच्यूत सापकोटा बीच २०७५ साल पुस १९ ठेक्का सम्झौता भएको थियो । सम्झौता लगतै काम सुरु गरेपछि विभिन्न विवादको कारण देखाएर नागार्जुन कन्स्ट्रक्सनका सञ्चालक गोकर्ण प्रसाद पण्डितले काम गरेको रकम भुक्तानी नदिएको आरोप निर्माण व्यवसायी सापकोटाको रहेको छ ।

सम्झौता अनुसार सापकोटाको कम्पनी आसिका निर्माण सेवाले नागार्जुन कन्स्ट्रक्सनबाट ३०–३० मिटरको कोल्पुखोला पुल निर्माणको ठेक्का लिएको थियो । सापकोटाले काम गर्नु भन्दा पहिले नागार्जुन कन्स्ट्रक्सले ३० प्रतिशत काम गरिसकेको थियो । काम सुरु गर्दा पुलको लम्बाई र चौडाई २५–३२ अनुसारको डिजाइन दिएर कन्स्ट्रसनले कामको जिम्मा लगाएको थियो ।
तर, काम सुरु भइसकेपछि सडक डिभिजन कार्यालय नुवाकोटले पुलको डिजाइनमा समस्या देखिएको भन्दै काम रोक्न लगाएको थियो । नागर्जुन कन्सट्रक्सनका संचालक पण्डितले २०७६ कार्तिकमा पुनः डिजाइन गरेर दिएपछि काम सुरु गरेका थिए । करिब ३ करोड ७५ लाख बराबरको काम सम्पन्न गरिसकेपछि सडक डिभिजन कार्यालय नुवाकोटले पुलको डिजाइनमा समस्या देखाएको थियो । सडक डिभिजन कार्यालय नुवाकोटले पुरानो सम्झौता अनुसार निर्माण नभएको भन्दै पुनः निर्माण गर्न भनी २०७८ फागुन २२ गते नागार्जुन कन्स्ट्रक्सनलाई पत्र काटेको थियो ।


सडक डिभिजन र नागार्जुन कन्स्ट्रक्सनको विवादमा आफू मर्कामा परेको सापकोटाले बताए । गोकर्ण प्रसाद पण्डित सञ्चालक रहेको नागर्जुन कन्सट्रक्सनसँग सम्झौता भएको र सोही डिजाइन अनुसार काम गरेकाले आफुले भुक्तानी पाउनु पर्ने उनको दावी रहेको छ । पटक पटक गोकर्ण प्रसाद पण्डितसँग बिल भुक्तानी गर्न अनुरोध गर्दै आएपनि भुक्तानीको कुरा गर्दा पुलको विवाद देखाएर आलटाल गर्ने गरेको उनले बताए । सापकोटाले २०७९ जेष्ठ ३१ गते गोकर्ण प्रसाद पण्डित र नागर्जुन कन्सट्रक्सनलाई लिखित पत्र लेख्दै बिलको भुक्तानीका माग गरेका थिए । तर गोकर्ण प्रसाद पण्डितले आफनो कुरै नसुनेको पिडित सापकोटाले बताए । पिडित सापकोटाले भने,‘मैले साइटमा उधारो २० देखि २५ लाखसम्म तिर्नुपर्ने अझै बाँकी छ । काम गर्दा ऋण गरेको पैसा र सबै लगानी यसमा फस्दा मेरो व्यवहार मिलाउन गाह्रो परेको छ’

सापकोटा २०८० जेष्ठ १० गते रकम उठाइदिन भन्दै निवेदन सहित निर्माण व्यवसायी महासंघमा पुगेका थिए । उनले पण्डितको कम्पनिले भुक्तानी नदिएका कारण आफू आहत्या गर्ने अवस्थामा पुगेको दाबी छ । दुवै पक्षलाई राख्न नसकेर महासंघले प्रहरी वृत्त सिंहदरबारलाई लेनदेन विवाद मिलाउन भन्दै पत्र लेखेरको पठाएको थियो । सापकोटाले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा नागर्जुन कन्सट्रक्सनका संचालक गोकर्ण प्रसाद पण्डित विरुद्ध निवेदन दिए ।

निवेदन उपर प्रहरीले बुझ्न दुवै पक्षलाई बोलाउँदा गोकर्ण प्रसाद पण्डित उपस्थिती नभएको सापकोटाले बताए । सापकोट भन्छन् “मैले गोकर्ण प्रसाद पण्डितलाई रकमका लागी सम्पर्क गर्दा विभिन्न किसिमका धाक धम्कीहरु दिई डर त्रास लगाएत मलाई मानसिक यातना दिई रहेका छन् ।”

हेर्नुहाेस् पिडित सापकोटकाे (भिडियो बयान)