गुडिरहेको स्कोरपिओमा आगलागी (भिडियाेसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । सिराहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। बिहीबार दिउँसो पूर्वसिश्चम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका -५ संस्था चौकमा गुडिरहेको बाः१३ च १३२९ नम्वरको स्कारपिओमा एक्कासि आगलागी भएको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको स्कारपिओ गाडीका अघिल्लो भागमा आगो लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।

डीएसपी बाखुका अनुसार चालकले ब्याट्री सर्ट भएर आगो लागेको भने पनि आगो लाग्नुको कारण अझै खुल्न सकेको छनै् । उनले भने, ‘ड्राइभरले ब्याट्री सर्ट भएर आगो लागेको हुनसक्ने बताए पनि आगलागीबारे यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’

आगो स्थानीय र मिर्चैया नगरपालिकाको दमकलले तत्काल नियन्त्रणमा लिएको छ। आगलागीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।

https://www.facebook.com/share/r/1B9zHbBg3z/