नेपालमा दुष्प्रचार गर्दै हरलिक्स : ९ वर्षअघि बेलायतमा प्रतिबन्धित विज्ञापन नेपालमा प्रचार !

दियोपोस्ट संवाददाता

काठमाडौं, १ फागुन । बेलायतमा उत्पादन हुने हरलिक्सबारे नेपालमा विज्ञापनको नाममा दुष्प्रचार भइरहेको पाइएको छ ।


हरलिक्सले नेपालका केही दैनिक पत्रिकामा अध्ययन प्रतिवेदनको हवाला दिएर झूटो विज्ञापन प्रकाशन गर्दै आएको खुलाशा भएको हो ।


मंगलबार प्रकाशित कान्तिपुर दैनिकमा हरलिक्सले यस्तो दुष्प्रचार गरेको पाइएको हो ।
‘एक अध्ययन अनुसार यो देखिएको छ कि १० मध्ये ९ जना बालबालिकाहरुको आहारमा आवश्यक पोषण तत्व कमी हुनसक्छ,’ भन्दै हरलिक्स खाएमा ‘अग्लो, बलियो, तेजिलो हुने’ भन्दै विज्ञापन छापिएको छ ।


यस्तो विज्ञापन छापिएपछि डा. अरुणा उप्रेतिले कडा शब्दमा यस्तो विज्ञापनको विरोध गरेकी छिन् ।


‘कुन देशमा यस्तो अनुसन्धान भएको हो । कसले गर्यो ? कहिले ग¥यो ? स्रोत खोई ? जे पायो त्यही विज्ञापन गर्न मिल्छ नेपालमा ?’ प्रश्न गर्दै उनले भनिन्,‘अरु देशमा यस्तो गरेको भए उपभोक्ता समितिले आवाज उठाउने थियो होला । नेपालमा सबै जय भम होला । कहिले कसले ठग्ने होला ? कसले विचार गर्ने होला । आमा बुवाहरु यस्तो गलत विज्ञापनको ठगाईमा नपर्नुहोला ।’


बेलायतको नियामक निकायले हरलिक्सलाई यस्तो विज्ञापन प्रकाशन नगर्न आजभन्दा ९ वर्ष अघि नै प्रतिबन्ध लगाएको थियो । हरलिक्स खाएपछि ‘अग्लो, बलियो र तेजिलो’ हुन्छ भन्दै विज्ञापन गरेपछि बेलायती खाध्य अनुसन्धान विभाग र विज्ञापन मापदण्ड विभागले अनुसन्धान गरी यस्तो विज्ञापन प्रकाशन गर्न प्रतिवन्द लगाएको थियो ।


डेलिमेलका अनुसार बेलायतमा मात्रै होइन विश्वको कुनै पनि देशमा यस्तो विज्ञापन प्रकाशन वा प्रशारण गर्न रोक लगाएको थियो ।


नेपालमा कसले गर्दैछ दुष्प्रचार ?


नेपालमा हरलिक्सको डिस्टिब्युट गर्दै आएको कम्पनि हो –युनाइटेड डिस्टिब्युटर्स नेपाल प्रा.ली । यस कम्पनिको कार्यालयको नम्बरमा सम्पर्क गर्दा त्रिपुरेश्वरस्थित इको एडभटाइजिङले यस्तो दुष्प्रचार गरेको पाइयो ।

रविन राजबंशी

इको एडभटाइजिङ प्रा.लीमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले रविन राजबंशीको नम्बरमा सम्पर्क गर्न भनियो । ‘हामीसँग प्रतिवेदन भएर नै छापेका हौँ । यो विषयमा मलाई होइन अफिसमा फोन गर्नु’ भन्दै उनी बोल्न चाहेनन् ।

सम्बन्धित खबर