धादिङका प्रहरी प्रमुखले उच्च अदालतको परमादेशलाई लत्याए, जाहेरी दर्ता गर्न इन्कार !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, ९ फागुन । धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले एक पीडितको जाहेरी दर्ता नगरेको खुलाशा भएको छ । जाहेरी दर्ताका लागि उच्च अदालत पाटनले परमादेश दिँदा समेत उनले दर्ता नगरेपछि ती पीडित अन्यायमा परेका छन् ।


केही महिना अघि बेनिघाट रोराङ गाउँपालिकाका उपप्रमुख देवि प्रसाद सिलवाल (गाेपाल)ले सलाङघाट स्थित उनको घरमै आएर दुव्र्यबहार गरेको भन्दै सिलवाल विरुद्ध हरिशरण पाण्डेले जाहेरी दिएका थिए । हरिशरण पाण्डेले गत महिना नै सिलवाल विरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला अदालत हुँदै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।


उच्च अदालत पाटनले माग २३ गते उनले दायर गरेको रिट माथि सुनुवाई गर्दै जिल्ला प्रहरी कार्यालय धादिङलाई जाहेरी र्ता गर्न वा दर्ता नभए दरपीठ गर्न आदेश दिएको थियो ।

आदेशको पत्र लिएर गएको हप्तादिनसम्म पनि प्रहरी प्रमुख बैदवारले ‘झुलाईरहेको पीडित पाण्डेले दियोपोस्टलाई बताए ।


‘उहाँले प्रक्रियामा छ भनेकै ६ दिन भइसक्यो । उहाँ गाउँपालिका उपाध्यक्षसँग डराउनु भएको जस्तो लागेको छ,’ उनले भने,‘हामीलाई न्याय दिने ठाउँमा यस्तो भएपछि हामीले के गर्ने ?’
यस विषयमा जिल्ला प्रहरी प्रमुख वैदवारलाई सम्पर्क गर्दा ‘प्रक्रियामै रहेको बताए ।
‘हामी त्यो जाहेरी दर्ता गर्छौं । हामी प्रक्रियामा छौँ,’ उनले भने ।


कांग्रेसी गाउँपालिका उपाध्यक्षद्वारा महिलामाथि यस्तो हर्कत– ‘भोट एमालेलाई हालिस्’ ! (भिडियोसहित)

बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवि प्रसाद सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न परमादेश

सम्बन्धित खबर

सिफारिस