
काठमाडौं, फागुन १५ । काठमाडौंको ठमेलमा रहेको होटल एटलान्टिक होटलमा आन्तरिक राजश्व कार्यलय महाराजगन्जले छापा मारेको छ । केही समयअघि दियोपोष्टले एटलान्तिक होटलले करोडौं रुपैयाँ बराबरको आम्दानी गर्दै आएको भएपनि सरकारलाई अहिलेसम्म राजश्व नतिरेको खबर सार्वजनिक गरेको थियो । राजश्वले होटलमा छापा हानेको होटलकै एक कर्मचारीलाई दियोपोष्टलाई जानकारी दिएका हुन् ।
नेपाल भ्रमणमा आउने अधिकांश विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको यो होटलमा वार्षिक करोडौंको कारोबार हुने गरेको बताइन्छ । तर, राज्यलाई बुझाउनुपर्ने कर भने आम्दानीको केही प्रतिशत पनि नबुझाएको पाइएपछि दियोपोष्टले समाचार प्रकाशितगरेको थियो ।
दियोपोस्टले फेला परेको प्रमाण अनुसार होटलले राज्यलाई ‘शुन्य’ कर बुझाएको छ । केबी लामा नामक व्यक्तिले सञ्चालन गरेको उक्त होटलले यो वर्ष मात्रै होइन हरेक वर्ष शुन्य कर बुझाउँदै आएको पाइएको हो ।
गत पुसमा रुजु भएको कागजातमा पनि उक्त होटलले शुन्य रुपैयाँ कर बुझाएको छ ।
२०७४÷७५ को आय अनुसारको कर विवरणमा राज्यलाई भने एक रुपैयाँ पनि नुबुझाइएको पाइएको छ ।
दियोपोस्टलाई प्राप्त प्रमाणमा जम्मा आए ४८ लाख ३५ हजार १ सय ५० रुपैयाँ रहेपनि कर भने शुन्य रुपैयाँ तिरिएको छ ।
आश्चर्य त के छ भने आन्तरिक राजश्व विभाग कार्यालय महाराजगन्जले शुन्य रुपैयाँ कर बुझाउने होटललाई कर चुक्ताको प्रमाण दिएको छ ।
यसअघि प्रकाशित समाचारका लागि तलको लिंकमा क्लिक गर्नहोला ।