कोरोनाको महामारीबाट बच्नका लागि विश्वभर तयार हुन (डब्लूएचओ)को चेतावनी

कोरोनाको महामारीबाट बच्नका लागि विश्वभर तयार हुन (डब्लूएचओ)को चेतावनी

एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए पनि विश्वका अन्य देशहरुले यसका लागि तयार रहनुपर्ने बताएको हो ।

‘महामारी’ भन्नाले विश्वमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक रोगलाई भनिन्छ । यतिबेला चीनबाहिर कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । दक्षिण कोरिया, इटाली र इरानमा यसको संक्रमणमा भएको वृद्धिले चिन्ता थपेको छ ।

Trending News