तस्करीका ‘बादशाह’ मदन गुप्ताले भित्र्याएको २ ट्रक भंसार छलीको सामग्री छाड्ने तयारी !

diyopost.com
दियो पोस्ट  बुधबार, फाल्गुण ११, २०७८ | १६:२८:४३

काठमाडौं । पर्साको वीरगञ्ज क्षेत्रमा तस्करी गर्दै आएका नामुद तस्कर मदन गुप्तालाई राजश्व अनुसन्धान विभागले उन्मुक्ति दिने तयारी गरेको खुलाशा भएको छ ।

रुन्चे भनेर चिनिने गुप्ताले भन्सार शुल्क छली गरेर वीरगञ्ज नाका हुँदै काठमाडौं ल्याएको कपडाको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो । तर, गुप्तालाई मुद्दा चलाउनुको सट्टा आर्थिक लेनदेनको आधारमा उन्मुक्ति दिने तयारी रहेको स्रोतले जनाएको छ ।

एक हप्ता अगाडी पनि गुप्ताले भंसार छली गरेर काठमाडौं ल्याएको ट्रक सेटिङमै छाडिएको थियो । वीरगञ्जको तस्करीको बादशाहको रुपमा चर्चित गुप्ताले वर्षौंदेखि विभिन्न नाकाबाट अर्बौंको माल सामान तस्करी गर्दै आएका छन् । राजश्वले गाडी नियन्त्रणमा लिएपनि आफूले राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौड्याललाई लेनदेनमा मिलाइसकेको दाबी गर्दै आएका छन् ।

भारतीय नागरिकसँगको मिलेमतोमा हुण्डीको समेत कारोबार गर्दै आएका गुप्तालाई प्रहरीले २ वर्षअघि नै पक्राउ गरेको थियो । गुप्ता भारतीय नागरिक भएपनि उनले २०६३ सालमा नेपालको नागरिकता समेत लिएका छन् ।

उनी भारतबाट तस्करी गरेर भित्र्याइएका लत्ताकपडा, हार्डवयर र मोटरपार्टस लगायतको सामान प्रहरी भंसारकै कर्मचारीको मिलेमतोमा नेपालमा कारोबार गर्दै आएका छन् ।

 

सम्बन्धित खबर