धादिङमा राधेको गुण्डागर्दी : ग्याङसहित पुगेका राधेले यसरी कुटे रेष्टुरेन्ट संचालक (भिडियो)

diyopost.com
दियो पोस्ट  शनिबार, फाल्गुण १४, २०७८ | २०:०७:२१

धादिङ । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी तथा गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे समुहले धादिङको निलकण्ठ नगरपालिका पुछार बजारमा एक युवालाई निर्घात कुटपीट गरेको छ ।
शुक्रबार बेलुका ९ बजेतिर पुचारबजारस्थित ब्रदर्श दोहोरी साझमा आफ्नो समुहसहित पुगेका भण्डारीले दोहोरी संचालक विनोद श्रेष्ठलाई निर्घात कुटपीट गरेको हो ।

उनले निर्घात कुटपीट गरेको भिडियो समेत दियोपोस्टले फेला पारेको छ । भिडियोमा शुरुमा राधे दोहोरी साँझमा आउँछन् । आएपछि उनले दोहरी संचालक श्रेष्ठलाई हातपात गर्न खुट्टा उचाल्छन् ।
यतिकैमा उनकै समुहका गुण्डा भनेर चिनिने प्रकाश तामाङ टेबलमाथिबाट आएर श्रेष्ठमाथि आक्रमण गर्छन् ।

आक्रमणमा भण्डारी, सन्तोष थापा, प्रकाश तामाङ, काजी शाक्य, सुजन तामाङ, सरोज अधिकारी, ललित तामाङ, सुनिल थापाको समलग्नता रहेको भिडियोमा देखिन्छ ।

 

घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरी आएपनि मदिरा सेवन गरेर फर्किएको तर अपराधीलाई पक्राउ नगरेको पीडितले जनाएका छन् ।

पीडितका अनुसार प्रहरीले घटनालाई समलग्नलाई पक्राउ गर्नुभन्दा पनि भगाउने भूमिका खेलेका थिए । घटनापछि घाईते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अस्पतालमा उनको उपचारको क्रममा उनले रगत नै छादेको र अनुहारको हड्डी टुटेको पाइएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टेरमा पठाइएको छ । अहिले उनको अवस्था गम्भिर रहेको छ ।

राकेश सिंह एसपी भएर आएपछि धादिङमा बढ्यो राधेको गुण्डागर्दी

धादिङ प्रहरी प्रमुखको रुपमा राकेश सिंह नियुक्त भएर आएपछि पछिल्लो समय गुण्डार्दी बढेर गएको छ । राधे समुहमाथि एसपी सिंहकै संरक्षण रहेको स्रोतले जनाएको छ । शुक्रबारको घटना पनि प्रहरीको सुचनामै भएको पीडितको आरोप छ । यद्धपी एसपी सिंह भने प्रहरीले सामान्य झगडाको सुचना आएपछि मुभ भएको बताउँछन् । ‘सामान्य झगडाको सुचना आएपछि प्रहरी पुग्दा त्यहाँ कोही थिएनन्,’ उनले भने,‘प्रहरीले मदिरा खाएर हिँडेको भन्ने कुरा गलत हो । त्यस्तो हो भने कारबाही हुन्छ ।

 

सम्बन्धित खबर