६ अर्बभन्दा बढी ठगीको आरोपमा ल क्याम्पसका पूर्व प्रमुख कोइराला विरुद्ध पक्राउ पूर्जी

- दियोपोस्ट  

काठमाडौं । कमोडिटी बजारको नाममा सर्वसाधरणलाई ठगी गरेको भन्दै नेपाल ल क्याम्पसका पूर्व प्रमुख माधव कोइराला विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

६ अर्बभन्दा बढी रकम ठगी बरेको भन्दै उनी विरुद्ध पक्राउ पूर्जि जारी भएको र जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता भएको समेत स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय बबरमहलका अनुसार मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई पक्राउ गरेपछि उनै श्रेष्ठको बयानका आधारमा कोइरालासहित थप १२ जनालाई पक्राउ अनुमति आएपनि पक्राउ भने गरिएको छैन ।
कोइराला यतिबेला प्रहरीको फरार सुचीमा रहेका छन् । धितोपत्र ऐन विपरित कारोबार गरि सर्वसाधरणलाई ठगी गरेको भन्दै विभिन्न व्यक्तिले काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा श्रेष्ठलाई पक्राउ गरेपछि अन्य भिआइपीको परिवार विरुद्ध समेत पक्राउ पूर्जी भएको हो ।

धितोपत्र बोर्डले २०७४ मा एन जारी गर्नुअघि निर्वाध संचालनमा आएको यो कारोबारमा १३ सय जना भन्दा बढी जोडिएको पीडितको भनाई छ ।

वस्तु विनिमय बजार भनिने कमोडिटी बजार यसअघि नै विवादित बनेको थियो । व्यवस्थापिका संसदमा समेत यस विषयमा चर्चा भएको थियो ।

तत्कालिन व्यवस्थापिका संसदले विधयक नै पारित गरेपछि वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ जारी गरेको थियो । प्रहरीले लामो अनुसन्धानपछि ४ जनालाई पक्राउ गरेको छ भने १२ जना फरार रहेका छन् ।
यसअघि पूर्वसेनापति गडुल शम्शेर जबराकी छोरी हिमाली चन्द राणा विरुद्ध पनि पक्राउ पूर्जी जारी भएको विषयमा समाचार प्रकाशन भएको थियो ।