दोहोरा जन्ममिति भएका दुई डिआईजी बढुवाका लागि सिफारिस

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीमा दोहोरा जन्ममिति भएका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजी बढुवामा सिफारिस भएका छन् ।

रिक्त रहेको ५ पदका लागि बढुवा सिफासिर समितिले शुक्रबार ५ जनालाई सिफारिस गरेको हो । सिफारिस भएमध्यका दुई जनाको भने दाहोरो जन्ममिति रहेको पाईएको छ ।

बढुवा सिफारिस समितिले बसन्त कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई सिफारिस गरेको थियो । श्याम ज्ञवाली र किरण बज्राचार्यको दाहोर जन्मदर्ता रहेको प्रमाण बाहिरिएको थियो ।

डिआईजी श्यामलाल ज्ञवालीको जन्ममिति ५ महिना ५ दिन फरक रहेको पाइएको छ । उनको सिटरोल र शैक्षिक योग्यतामा २०२५ भदौ २६ रहेको छ भने नागरिकतामा २०२४ चैत २१ उल्लेख छ ।

त्यस्तै अर्का डिआईजी किरण बज्राचार्यको पनि जन्ममितिमा २९ दिन फरक भेटिएको छ । उनको सिटरोल र नागरिकतामा २०२५ पौष १६ उल्लेख छ भने शैक्षिक योग्यतामा २०२५ मंसिर १७ उल्लेख भएको पाइएको छ ।

गत फागुन १० गते पुर्वडीआईजी अशोक सिंहले समेत दोहोरो जन्ममिति भएकै कारण राजिनामा दिएका थिए । नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि उनले राजिनामा दिएका थिए ।

उनको जन्ममितिमा १ वर्ष ६ महिना २४ दिन फरक परेको थियो ।

उनको सिटरोल र शैक्षिक योग्यतामा जन्ममिति २०२५प पौष १६ छ भने नागरिकतामा २०२४ जेठ २२ भएको प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखाना उल्लेख छ ।

जवकी उनले २०४२ जेठ २२ मा लिएको नागरिकतामा उनको उमेर १८ वर्ष लेखिएको थियो ।

याे पनि:

नेपाल प्रहरीका एआईजीसहित आधा दर्जन डिआईजीको दाेहाेरा जन्ममिति !