दाङमा हत्याको आरोपमा आमा-छोरा पक्राउ

दियोपोस्ट संवाददाता

दाङ । दाङमा एक जनाको हत्याको आरोपमा आमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका–२ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा–छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतक सुनारका छोरा १७ वर्षीय शिवराज र श्रीमती ३६ वर्षीया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार रेशम सुनारलाई कोदालोले टाउकोमा हानी हत्या गरिएको हो ।

सम्बन्धित खबर

सिफारिस