
सिरहा । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्।
बुधबार बिहान एक घण्टा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ ।
मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ। साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो। यस्तै, यसमा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ।