काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा–२ मा उपचुनाव लड्ने भएका छन् ।
लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए ।
महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए । धनुषा ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले २ हजार ११ मत अन्तरले पराजित गरेका थिए ।