क्रिश्चियन समुदायले मनाए इस्टर सन्डे

दियो पोस्ट डेस्क  

काठमाडौं । आज नेपाली क्रिश्चियनहरू समुदायले इस्टर सन्डे हर्षउल्लासका साथ मनाएका छन् ।

बिहानैबाट र्याली निकाली भृकुटीमण्डपमा पुगी येशूको प्राथना, भजन गायका थिए । इस्टर सन्डे येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानको सम्झना गर्दै विश्वभरका क्रिश्चियनहरूले मनाउने सबैभन्दा ठूलो उत्सवको पर्व हो ।

विश्वभरका धेरै ईसाईहरूले विशेष चर्च सेवाहरू, संगीत, मैनबत्ती, फूलहरू र चर्चको घण्टी बजाएर इस्टर मनाउँछन् । फिलिपिन्स र स्पेन जस्ता केही देशहरूमा इस्टर जुलुसहरू आयोजित हुन्छन् ।

धेरै ईसाईहरूले इस्टरलाई चर्च वर्षको सबैभन्दा ठूलो चाडको रूपमा हेर्छन्। क्रिस्चियन विश्वास अनुसार येशु ख्रीष्ट बौरिउठ्नु भएको स्मरणमा यो रमाइलो र उत्सवको दिन हो ।