‘घर लड्यो तर राहतको नाममा केही पाइएन’

दियो पोस्ट  

सिन्धुपाल्चाेक, ७ चैत्र । जुगल हिमालकोे चिसो सिरेटो । सल्लाको पातले ‘बारबेर’ गरेको छाप्रोमा त्रिपालको छानो । चिसो सिरेटो छेक्न त्रिपालमाथि सल्लाको पात ।
चिसोले चर्चरी फुटेको कलिलो अनुहार । खैरो पाइन्टमा पातलो कालो ‘हुक’ । चर्चर फुटेको खुट्टा छोप्न कालोमोजामाथि म्याजिक चप्पल लगाएका एउटा बालक खुल्ला चौरमा टोलाइरेका छन् ।

 

पारीबाट जुगल हिमालले गिज्याई रहेको छ उनलाई, अनि वारी डाडाँबाट चिसो सिरेटो खपिसक्नु छैन, तै पनि उनमा चिसोको कुनै प्रवाह छैन् । उमेरले भर्खर ११ वर्ष लागे । जसले कलिलो उमेरमै आमाको काख र बाबुको साथ गुमायो । उनी अर्थात् सिन्धुपाल्चोक सेलाङ–२ का विष्णु थापा ।

विष्णुलाई याद  छैन् बाबु केशरबहादुर थापाको अनुहार । उनी सानो छँदै उनका बाबुलाई ‘दैव’ले चुड्यो । लामो समयदेखि रोगले थलिएका बाबुको मृत्युपछि उनकी आमाको काँधमा सबै घर व्यवहार थुप्रीयो । गाउँलेको मेलापात गरेरै विष्णुकी २ दाजुभाई हुर्काइन् अर्थात त्यतिबेला विष्णुको उमेर ७ बर्ष र भाई नक्कुल थापाको उमेर ६ बर्षको थियो । जब बिष्णुको दाजुभाई ६ वर्ष र ७ बर्ष लागे फेरि उनको घरमा ‘दैव’को नजर पुग्यो । विष्णु ७ वर्ष हुँदा उनका आमा कुलकुमारी थापा चट्याङबाट बच्न सकिनन् । बुबाआमाकै मृत्युपछि सानै उमेरमा टुहुरो बनेका विष्णु र नक्कुलको बिचल्ली भयो । बाबुआमा दुबै गुमाएका विष्णु दाजुभाईलाई एक संस्थाले पढाइदिने भन्दै काठमाण्डौंस्थित किर्तिपुरमा पु¥याए । राम्रोसँग पढिरहेका उनीहरु विनाशकारी भूकम्पको १ महिनापछि उहि जन्मथलो सेलाङको खस्रे पुगे ।

balak story

तस्बिर : जीवन कुँवर
बैशाख १२ गतेको विनाशकारी भूकम्पले विष्णुको दाजुभाई बसोबास गर्ने घर पनि भत्कियो । भूकम्प गएको १ महिनापछि गाउँ फर्किएका उनीहरु आफनो घर ध्वस्त भएको देखेपछि उनका आँखामा आँशु अडिएन् । घरका सबै सामानहरु छरपष्ट देखेपछि मनसमेत भूलाउने ठाउँ रहेन् उनीहरुको । भूकम्प र पहिरोले गाउँ नै ध्वस्त भएको समाचार उनीहरुले काठमाडौंमा रहँदा सुनेका थिए । जब विष्णु गाउँ पुगे, उनीहरुले सोचे भन्दा धेरै फरक पाए गाउँको अबस्था । विनाशकारी भूकम्पले पूर्ण घर क्षति भएकाहरु सबैले राहत पाए । विष्णुकै भाषामा भन्नुपर्दा अन्य ठाउँमा घर हुनेहरुले समेत राहत कार्ड पाए अनि राज्यबाट दिने सबै सुविधा पाए तर विष्णु दाजूभाईले भने न त राहत नै पाए न त राज्यबाट पाउने अन्य सुविधा नै पाए । अझ प्रष्ट भनौ उनीहरुको नाममा राहत कार्डसमेत बनेको छैन् । उनीहरुले बारम्बार गाउँ विकास समितिमा गएर कार्ड नपाएको गुनासो गर्दा पनि विष्णुको गुनासो कसैले सुनेका छैनन् । भूकम्प गएको लामो समय वितिसक्दा पनि उनीहरुलाई राहत कार्ड दिन कसैले पहल नगरेको विष्णुको गुनासो छ । विष्णु दाजुभाई अहिले ठूलो बुबाको छोराको घरमा बस्दै आएका छन् ।

balak katha
अन्य गाउँका मानिसहरुले जस्तापाता खरिदका लागि सरकारले १५ हजार वितरण गरिरहँदा विष्णु पनि दिन्छन् कि भन्ने आशाले वितरण स्थलमा गएका थिए, अनि न्यानो कपडा खरिदका सरकारले १० हजार रुपैयाँ वितरण गर्दा पनि उनी त्यहाँ गए तर विष्णु रित्तो हात छाप्रोमा फर्किनु बाहेक उनले केहि पाएनन् । बाबु आमा दुबै गुमाएका एउटा टुहुरो बालकहरुलाई समेत यतिबेला न सरकारले कोहि गर्न सकेको छ त न, गैरसरकारी संस्थाहरुले नै सहयोग गर्न सके । जिल्लामा यतिबेला टुहुरा बालबालिका लागि थुप्रै संस्थाहरु आएका छन् तर सेलाङका विष्णु दाजुभाई कसैले पनि समेटन् सकेको छैन् । विष्णुका अनुसार अहिले उनीहरुको बास त्रिपालको छाप्रोमा रहेको छ । अहिले विष्णु सेलाङस्थित गोरखनाथ प्राथामिक बिद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्, भने उनका भाई नक्कुल कक्षा २ मा अध्ययनरत छन् ।
प्रमुख जिल्ला अधिकारी गोर्कणमणि दुवाडिको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्लाका ४ राजनीतिक दलका प्रतिनिधिलगायतका टोली केहि समय अगाडी सेलाङमा मण्डि वितरण गर्न गएका थिए । त्यतिबेला उनै विष्णु त्यहाँ मण्डिको पर्खाईमा टोलाइरहेका थिए । अरु सबैले मण्डि लिएर घर फर्कदा विष्णुको अनुहार नियाउरो थियो । प्रष्ट भनौं जिल्लाका प्रमुख हस्तिहरुको त्यहाँ बाक्लो जमघट हुँदा न राजनीतिक दलहरुले विष्णुको पीडा बुझे, न त ति सुरक्षा निकायका प्रमुखहरुले नै बुझन सके । विष्णुले प्रजिअ दुवाडीसँग सबै कुरा प्रष्ट्याए तर पनि राहत कार्ड उपलब्ध गराउने कुनै आश्वासन पनि नदिएको उनले गुनासो पोखे ।