होलीमा गगन थापा र अर्जुननर सिंह केसीको यस्तो सेल्फी

होलीमा गगन थापा र अर्जुननर सिंह केसीको यस्तो सेल्फी

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित बनेका गगन थापा र अर्जुननर सिंह केसी होलीमा एकै तस्विरमा भेटिएका छन् ।

 

महामन्त्रीका प्रत्यासी बनेका उनीहरुबीच सँगै होली खेलेको तस्विर गगनकी श्रीमति अन्जना केसी थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेकी छिन् । सँगै उनी हसिलो मुद्रामा देखिएकी छिन् । केसीले गगनकी छोरीलाई बोकेका छन् भने गगन कालो चस्मा लगाएर हाँसेका छन् । गगन अर्जुनरसिंह केसीका ज्वाई हुन् । देउवा पक्षबाट केसीले महामन्त्रीमा उम्मेदवारी दिएका थिए भने सिटौला पक्षबाट गगनले उमेदवारी दिएका थिए । उनीहरु दुवैलाई पराजित गर्दै कांग्रेस महामन्त्रीमा शसांक कोइराला विजयी बनेका थिए ।
देउवा पक्षका कार्यकर्ताले गगन थापालाई ससुराली प्रवेशमा रोक लगाउन समेत माग गरेका थिए । यद्धपी महाधिबेशन सकिएको केही साता नवित्दै उनीहरु एकै साथ होलीमा रमाईलो गरेको देखेपछि कार्यकर्ता चकित बनेका छन् ।

Trending News