विश्वकप फुटसलमा नेपालले पहिलो खेलमा क्यानडासँग भिड्ने

दियो पोस्ट  

काठमाडौं, फागुन २६ । अर्जेन्टिनामा हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले पहिलो खेलमा क्यानडासँग प्रतिष्पर्धा गर्ने भएको छ ।

सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा क्यानडासँग खेल्ने भएको हो । तालिका अनुसार समूह ुडीु मा रहेको नेपालले क्यानडासंग अप्रिल १ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा क्याटलनासंग अप्रिल २ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा अप्रिल ३ मा फ्रान्ससंग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको लागि नेपाल फुटसल संघले खेलाडी छनोट गरिसकेको छ । विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो ।