रबी लामिछानेको जवाफ, ‘मैले कोही मरेपनि फरक पर्दैन भनेको छैन’

दियोपोस्ट संवाददाता

काठमाडौंं, चैत ३ । न्यूज २४ का पत्रकार एवं सिधा कुरा जनतासँगका संचालक रबी लामिछानेले आफूले कसैलाई पनि ‘मरे पनि फरक पर्दैन’ भनेर नभनेको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत भनेका छन्,

‘मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन।’

लामिछानेले बेकारमा आफुना नेतालाई गाली खुवान खोजेको भन्दै त्यसो नगर्न पनि आग्रह गरेका छन् । आफूले बोलेको एकचोटी राम्रोसँग हेर्न र सुन्न आग्रह गरेका छन् ।

उनले भनेका छन्,–

मैले कहिलेपनि, कोहि मर्नु पर्छ वा कोहि मरेपनि फरक पर्दैन भनेको छैन। हे फुर्सदिला “तिमीहरु” हो, बेकारमा आफ्ना नेतालाई किन गाली खुवाउन लागी पर्छौ???बोलेको हेर,सुन।कुरा नबुझे,बुझ्नेलाई अर्थ्याउन लगाउ,सोध।…. हुन्न ??