काँग्रेसलाई वर्तमान सरकारमै सहभागी गराइने प्रयास भइरहेकाे छ : मेघी

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र १४, २०७२ | ७:५७:०८

भक्तपुर, १४ चैत । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य परशुराममेघी गुरुङले वर्तमान सरकारमै काँग्रेसलाई सहभागी गराएर संविधान कार्यान्वयनलाई सफल बनाउन प्रयास भइरहेको खुलाशा गरेका छन् ।

एमाले चाँगुनारायण नगर कमिटीको आयोजनामा भक्तपुरको नगरकोटमा भएको एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले सबै दल मिलेर अगाडि बढे मात्रै सहज रुपमा संविधान कार्यान्वयन हुने बताए।

अर्का पोलिटब्युरो सदस्य डा. विजय पौडेलले विपक्षीले सरकार ढाल्ने चर्चा चलाए पनि तत्काल नढल्ने बताए । सांसद केदार सञ्जेलले सरकार ढाल्ने चर्चा चलाउनुभन्दा दलहरु मिलेर संविधान कार्यान्वयनको बाटामा अगाडि बढ्नुपर्ने समय आएको बताए ।

सम्बन्धित खबर