जेट एयरको विमानमा बम नभएको पुष्टि

दियो पोस्ट  

 

काठमाडौँ, १४ चैत । भारतको नयाँदिल्लीबाट आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जेट एयरको विमानमा बम रहेको हल्लापछि खोजतलासी गरेपनि केही नभेटिएको प्रहरीले जनाएको छ ।

उक्त विमानमा बम रहेको भन्दै विमानस्थलमा अज्ञात व्यक्तिको फोन आएपछि जाँच गरिएको तर विमानमा केही फेला नपरेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापसिंह थापाले जानकारी दिए ।

उनले सबै यात्रुलाई विमानबाट ओरालेर जाँच गरिएको र हालसम्म कुनै शङ्कास्पद वस्तु फेला नपरेको बताए ।

अपराह्न ४ः३० बजे अवतरण भएको उक्त विमानमा बम रहेको हल्लापछि विमानस्थलमा अवतरणको क्रममा रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानहरुले मार्ग परिवर्तन गरेका थिए भने उड्न तयार रहेका विमानहरु रोकिएका थिए । विमानस्थलको अवस्था सामान्य भएपछि अहिले उडान÷अवतरण नियमित भएको छ ।

सम्बन्धित खबर