पशुपति क्षेत्रमा पुजा गर्दा १ मिटरको दुरी हुनुपर्ने : २५ जनाभन्दा बढी मलामी निषेध (सुचनासहित)

दियो पोस्ट  

काठमाडौं, ८ चैत्र । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का विरुद्ध नेपाल सरकारले सर्तकर्ता शुरु गरेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । आगामी चैत्र १० गतेदेखि लामो दूरीको यातयात र हवाई सेवा प्रतिबन्ध लगाउने भएको छ ।


त्यसैगरी पशुपति क्षेत्र विकास कोषले पनि पशुपति क्षेत्रमा ७ बुँदे निर्देशन दिएको छ ।


कोषले सार्वजनिक गरेको सुचना अनुसार एक पटकमा २५ जना भन्दा बढी भक्तजन आउन निषेध गरेको छ । त्यस्तै पशुपति क्षेत्रमा दर्शन गर्दा वा हिड्दा एक मिटरको दूरी कायम गर्नुपर्नेछ ।


आर्यघाटमा, भष्मेश्वरघाट र विद्युत शवदाह गृहमा मलामी आउँदा एकै साथ २५ जना आउन प्रतिबन्ध लगाइएको छ । क्रियापुत्री सेवा केन्द्रमा क्रियापुत्रीलाई भेट्न आउन पनि एक पटकमा २५ जनाभन्दा बढी आउन नहुने उल्लेख छ । पुजा अवन, यज्ञ र जात्रा आरती लागयत गर्दा पनि २५ जनाभन्दा बढी आउन प्रतिबन्ध लगाइएको छ ।


२५ जनाभन्दा बढी कसैलाई पनि कार्यक्रम गर्न नदिने कोषले जनाएको छ । सुचना उलंघन गरे प्रहरीले पक्राउ गर्ने कोषले जारी गरेको सुचनामा उल्लेख छ ।

सिफारिस