कोरोना भाइरस विरामीको उपचार नगर्ने ग्राण्डी अस्पताल र अल्का अस्पताललाई मन्त्रालयले स्पष्टिकरण सोध्यो

दियोपोस्ट संवाददाता

काठमाडौं, ११ चैत्र । राजधानीका दुई ठूला अस्पतालले कोरोना भाइरसका शंकाष्पद विरामीलाई उपचार गर्न अस्विकार गरेका छन् ।

आफूलाई फाइभ स्टार अस्पतालको रुपमा दाबी गर्दै आएको धापासी स्थित ग्राण्डी अस्पताल र ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालले कोरोना भाइरसको शंकाष्पद विरामीलाई भर्ना लिन नै अस्विकार गरेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी दुई ठूला अस्पताललाई स्पष्टिकरण समेत माग गरिसकेको छ ।


ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा आफूहरुले कोरोना भाइरसका विरामी उपचार नगर्ने बताएको कारण मन्त्रालयले स्पष्टिकरण लिएको बताइएको छ । उनलाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण लिइएको पाइएको छ ।

त्यस्तै अल्का अस्पतालका मालिक कुमार थापाले पनि सोही आसयको प्रतिक्रिया दिएका थिए । उनले भने मन्त्रालयमा स्पष्टिकरण बुझाएका छैनन् ।

सम्बन्धित खबर

सिफारिस