टेकु अस्पतालमा अर्को कोरोना संक्रमित भेटियो, संक्रमितको संख्या ३ पुग्यो !

दियो पोस्ट  

काठमाडौँ, चैत १२ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा नयाँ कोरोना संक्रमित भेटिएको छ । बुधबार प्राप्त भएको रिपोर्टमा थप एक नेपालीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ ।

आइतबार फ्रान्सबाट आएकी १९ बर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि सरकारले लकडाउन घोषणा गरेको थियो । करिब १ महिना अघि चीन बाट आएका एक नेपालीलाइ पनि कोरोना पोजेटिभ देखिएको थियो । उनलाई उपचार पछि सामान्य अवस्थामा घर फर्काइएको थियो ।

नेपालमा हालसम्म ६ सय ८६ जनाको नमुना परिक्षण गरिएको छ । त्यसमध्य ६ सय ८४ जनामा कोरोना नेगेटिभ देखिएको छ ।

कोरोनाबाट बँच्नका लागि सरकारले सम्पुर्ण नागरिकहरुलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन आग्रह गरेको छ ।