काठमाडौं, १४ चैत्र । कोरोना भाइरस विरुद्ध सरकारले खडा गरेको कोषमा प्रदेश सांसद जगत सिंखडाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
धादिङको क्षेत्र नम्बर २ प्रदेश खबाट निर्वाचित सांसद सिंखडा पूर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । सांसद सिम्खडाले शुक्रबार एक महिनाको तलब “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”मा जम्मा गर्ने बताएका हुन् ।
“संसार भरिका मानव जातिले सामाना गरिरहेको (कोभिड–१९) नामक भाइरससँग लड्न म प्रदेश सांसदले प्राप्त गर्ने एक महिनाको तलब सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) कोषमा जम्मा गर्ने घोषणा गर्दछु” सांसद सिम्खडाले सामाजिक सञ्जाल मार्फत भनेका छन्,“यो महामारीबाट सामान्य इच्छाशक्ति र अठोटले पार पाउन सकिन्न, हामी सबै एकजुट भएर सरकारी निर्णयहरुको पालना गरौं र आत्मअनुशासनमा बसेर एकले अर्कालाई सघाऔं ।”