काठमाडौं बाहिर पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटियो, संक्रमित ४ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौं, १४ चैत्र । काठमाडौं बाहिर पहिलो पटक एक व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको बताइएको छ । यद्धपी स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा यो समाचार तयार पार्दा सम्म अपडेट गरिसकेको छैन ।

कोरोना संक्रमित ति बिरामीकोे धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको बताइएको छ । ती व्यक्ति गत चैत्र ११ गते अस्पताल भर्ना भएको थिए । उनी दुबइबाट आएको खुलेको छ । ३४ वर्षका ती व्यक्ति खतरा मुक्त रहेको बताइएको छ ।

सम्बन्धित खबर

सिफारिस