लकडाउनको चौथो दिन सिद्धलेक गाँउपालिकामा बल्ल क्वारेन्टाईन बन्यो

दियोपोस्ट संवाददाता

धादिङ, १५ चैत्र । कोरोना भाइरस संक्रमढा रोक्न सरकारले घोषणा गरेको लकडाउनको चौथो दिन धादिङको सिद्धलेक गाँउपालिकाले बल्ल क्वारेन्टाईन स्थापना गरेको छ ।


विश्वमा महामारीको रुप लिएको नोवेल कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न देशव्यापी रुपमा प्रत्येक स्थानिय तहले क्वारेन्टाइन र आईसोलेशन स्थापना गर्दा समेत चासो नदिएको धादिङको सिद्धलेक गाँउपालिकाले गाँउपालिकाबासीले चर्को गुनासो गर्न थालेपछि लकडाउनको चौथो दिन शुक्रवार बल्ल क्वारेन्टाईन स्थापना गरेको हो ।


शुक्रबार सिद्धलेक गाउँपालिका वडा नं. १ बुङचुङ स्थित नागेश्वरी आधारभुत बिधालयमा १० बेडको क्वारेन्टाईन स्थापना गरिएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले आफ्नो फेसबुकमा स्टाटस मार्फत सार्वजनिक गरे ।


यता भारतबाट सीमा नाका हुदै तथा नोवेल कोरोना भाईरसले महामारीको रुप लिईसके पस्चात् बिभिन्न देशवाट नेपाल आउने सर्वसाधारणहरु मध्य सिद्धलेक गाँउपालिकामा पनी गोप्य रुपमा बसोवास गरिरहेको स्थानियको गुनासो छ । तर यस्तो गम्भिर बिषयमा भने सिद्धलेक गाउँपालिकाकाले चासोनै दिएको छैन ।

यद्धपी हालसम्म सिद्धलेक गाउँपालिकाका भने १ जनामा पनी नोवेल कोरोना भाईरसको लक्षण देखा परेको छैन ।


गाउँपालिका अध्यक्ष सिलवालले संम्भावित कोरोना भाइरसको संक्रमणको सामना गर्नाका लागि सरकारको निर्देशन र स्थानिय प्रशासनको पहलमा आवश्यक समन्वय गरेर पूर्व तयारीको काम गरिरहेकोे बताएका छन् ।


यद्धपीे सामान्य रुपमा सामान्य सुचाना प्रकाशन तथा जानकारीमुलक चिठी बितरण भन्दा गाउँपालिकाले आबश्यक कुनै तयारी नगरेको स्थानियको गुनासो छ ।

स्थानियले भने गाँउपालिकाले मास्क र स्यानिटाईजर बितरण गर्नुपर्ने सुझाव दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस