
काठमाडौं, १६ चैत्र । विश्वव्यापी रुपमा महामारी फैलिएको नोभेल कोरोना भाइरस विरुद्ध सरकारले थप ८ दिन लकडाउ अर्थात नागरिकलाई घरबाट निष्कन प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध लगाउनका लागि बसेको मन्त्रीपरिषद बैठक केही बेर अघि सकिएको छ ।
मन्त्रिपरिषद बैठक समेत कोरोनाको कारण प्रभावित मात्रै बनेको छैन ।
मन्त्रीहरु नै एक मिटरको दूरीमा बसेर बैठक गरेका छन् । प्रधानमन्त्री कार्यालयले पठाएको तस्विर अनुसार मन्त्रीहरु कोरोना सर्ने त्रासले एक मिटरको दूरीमा बसेको देदिएको छ । उनीहरुले मास्क पूर्ण रुपमा लगाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्री परिषदका अध्यक्ष केपी शर्मा ओली पनि कोरोना भाइरससँग लड्न मास्कमा देखिएका छन् ।

