चैत १८ देखि थप ८ दिन ‘लकडाउन’ गर्ने मन्त्रीपरिषद्को निर्णय !

दियो पोस्ट  

काठमाडौँ, चैत १६ । कोरोनाभाइरस नियन्त्रण गर्नका लागि सरकारले जारि गरेको लकडाउनको समयसिमा बढाएको छ । आइतबार बसेको मन्त्रीपरिषद वैठकले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

आइतबार नै बसेको कोरोना रोकथाम तथा नियन्त्रण विशेष समितिको वैठकले लकडाउनको समय बढाउन सिफारिस गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको समितिले सरकारलाई एक सातादेखि १४ दिनसम्मको समय थप गर्न सिफारिस गरेको हो ।

समितिको सिफारिस अनुसार आइतबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो । कोरोनाभाइरसको पाँचौ संक्रमित भेटिसकेको अवस्थामा थप संक्रमण हुन नदिन सरकाले लकडाउनको म्याद बढाएको हो ।

सरकारले यसअघि घोषणा गरेको लकडाउन आगामी चैत १८ गते बिहान ६ बजेदेखि समाप्त हुँदैछ । सरकारको निर्णय अनुसार आगामी चैत २५ गतेसम्म लकडाउन रहने छ ।