सभामुख अग्नि सापकोटालाई भेट्न पुगिन् अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क

सभामुख अग्नि सापकोटालाई भेट्न पुगिन् अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क

काठमाडौ, १७ फागुन । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हालेकी फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । सोमबार सभामुख सापकोटाको कार्यकक्ष्मै पुगेकी उनलाई सापकोटाले कार्यकाल सफलताको शुभकामना दिएका थिए ।


सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कुटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गर्दै अस्टे«लियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गरे । उनले अस्ट्रेलियाको १ सय २० बर्ष लामो संघीयता सम्बन्धी असल अभ्यासहरु नेपालका लागि सिकाई हुनसक्ने बताए ।


संघीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद–संसदबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । नेपाली विद्यार्थीहरुको ठूलो संख्या अस्ट्रेलियामा उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उहाँले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद गरे ।


राजदूत भोल्कले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवद्र्धन र संघीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरिन् । उनले आफ्नो देशमा संघीयताको लामो इतिहास भएपनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताइन् ।


उनले आफू २० बर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुसी लागेको बताइन् ।

Trending News